बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बलवीर भुजेल
सिन्धुली । सुनकोशी गाउँपालिका–२ दुम्जास्थित बिपी राजमार्गको साँदी टोट्लीनिर बसले र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बसकाे ठक्करबाट मोटरसाइकल चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका २८ वर्षीय नवीन विसुङ्खेको मृत्यु भएको छ । घाइते नवीन विसुङ्खेलाई उपचारका लागि धुलिखेल लैजाँदै गर्दा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौंतर्फ गइरहेको मे १ ख ३१८२ नम्बरको यात्रुबाहक बसले र काठमाडौंबाट उदयपुरतर्फ गइरहेको बा ६८ प ८५४८ नम्बरको मोटरसाइकललाई सुनकोशी गाउँपालिका–२ साँदीमा बसले ठक्कर दिएको थियो ।

बसका चालकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…