धारिलो हतियारले हानेर महिलाको हत्या, दुई गम्भीर

फाइल तस्बिर

पुष्पराज अधिकारी
हेटौंडा । बकैया गाउँपालिका–३ जलजलेका सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रयोग गरी छिमेकी एक महिलाको हत्या गरेका छन् ।

बुधबार राति बकैया गाउँपालिका–३ जलजलेस्थित ‌घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो लाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी लोको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

सामान्य भनाभनको क्रममा आवेगमा आएका पाख्रिनले धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरेको प्रहरीको भनाइ छ । त्यसैगरी धारिलो हतियार प्रहारबाट  २ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा मृतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिधिमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिंहले बताउनुभयो । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले हतियारसहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…