एनआरएनएको मतगणना सकियाे, अध्यक्षमा पन्त विजयी
कोषाध्यक्ष र सचिवमा पन्त समूह नै विजयी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ ।
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजय हुनुभएको स्रोत जनाएको छ । पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
सचिवमा पनि पन्त समूह नै विजयी भएको छ । सचिवमा गौरीराज जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।