मेष- घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवम पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवं साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ। साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।
वृष- विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम प्रतिस्पर्धामा जित हुने तथा ठुला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवं रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवं प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ ।
मिथुन- साताको सुरुमा मानसिक चिन्ता बढ्ने एवं घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवं मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्ने, व्यापारमा फाइदा हुने एवं सम्पति जोरजम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवं शारिरीक परिश्रम एवम जिम्मेवारीको भार बढ्नेछ ।
कर्कट- छोटो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवं पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा वोझ थपिनाले काम अधुरो रहनेछ ,। हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवं स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवं लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।
सिंह- सभा एवं गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना सुरु हुने एवं पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवं ठुलाबडासँग भेटघाट हुनेछ । कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवं परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ ।
कन्या- काममा अलमल हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागीदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवंआर्थिक सहयोग मिल्नेछ । भोजभतेर एवम साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुने, पैसाको अभाव रहने एवं वैदेशिक कामबाट झन्झट मिल्नेछ ।
तुला- यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम सरसहयोगमा धन सकिनेछ । मानसिक चिन्ता बढ्ने एवम योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवं पारिवारिक सहयोग मिल्नेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवं लगानीमा नाफ मिल्नेछ ।
वृश्चिक- आम्दानीको श्रोत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवं भुमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइति मावली पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवं सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं पारिवारिक खर्च बढ्नेछ ।
धनु- नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवं काममा जस पाइनेछ । लेखन एवम कलाकारितामा रुचि बढ्नेतथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्ने तथा व्यापार व्यवसायमा आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । गुप्त शत्रुको भय रहनेछ ।
मकर- विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवं पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवं सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवं सम्मानको योग रहेको छ । ठुलाबडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ ।
कुम्भ- अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवं प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पुरा हुने देखिन्छ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवं राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ ।
मीन- प्रेममा खुशी बढ्नेछ । साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साझेदारीमा फाइदा एवं व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । धन बढी खर्च हुने तथा काम ढिलो हुनेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम राजतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी