दोस्रो गाउँपालिका अध्यक्ष कप मंसिर १ र २ मा हुने

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा दोस्रो गाउँपालिका अध्यक्ष कप हुने भएको छ । बडिगाड गाउँपालिकाको आयोजनामा मंसिर १ र २ गते ग्वालीचौरमा ‘दोस्रो गाउँपालिका अध्यक्ष कप’ राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा ७ प्रदेश र एक आयोजकसहित ८ टिमको सहभागिता हुने नेपाल सितोरियो करातेका प्रशिक्षक राजनकुमार पाईजाले जानकारी दिनभुयो ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद ८० हजार, द्धितीयले ५० हजार र तृतीयले ३० हजार प्राप्त गर्नेछन् ।
आयोजक बडिगाड गाउँपालिकाका अनुसार प्रतियोगितामा सहभागि हुने टिमलाई १५ हजारका दरले सम्मान गरिने छ ।
प्रतियाेगिताकाे जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।