एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनु भएको छ ।

एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनको बिहीबार भएको निर्वाचनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

घोषित मत परिणाम अनुसार पन्तले प्रतिस्पर्धी कूल आचार्यलाई १ सय ४७ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभयो । पन्तले १ हजार २ सय १७ मत प्राप्त गर्नु भएको थियो भने आचार्यले १ हजार ७० मत प्राप्त गर्र्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष पन्त जर्मनमा रहेर आफ्नो व्यवसाय गर्दै आउनु भएको छ ।

त्यसैगरी महासचिवमा हेमराज शर्मा निर्वाचित हुनुभयो । उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, रविना थापा, सोनाम लामा र मन केसी निर्वाचित हुनु भएको छ । गौरी जोशी र आरके शर्मा सचिव तथा कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको पनि निर्वाचिन समितिले जनाएको छ ।

निर्वाचनमा कूल २ हजार ३ सय ४४ मत खसेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।