‘सरकारले आलमलाई झूठो मुद्दा लगायो’

नारायण थापा
भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक रुपमा दुःख दिन थालेको बताउनुभएको छ ।

सभापति देउवाले पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तालाई झूठा मुद्दा लगाउन थालिएको उल्लेख गर्नुभयो ।

‘सरकारले कांग्रेसलाई दुःख दिने नियत राखेको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न वाहनामा झुठा मुद्दा लगाएर दुःख दिन थालेको छ ।’

सभापति देउवाले मोहम्मद अफताब आलममाथि षड्यन्त्र भएको बताउनु भयो, ‘सरकारले मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गर्यो’  उहाँले भन्नुभयो, ‘१२ वर्ष अघिको मुद्दालाई लिएर आलममाथि सरकारले अहिले झुठो मुद्दा लगाएकाे छ । यदि मुद्दा सही हो भने यत्तिका लामो समयसम्म के हेरेर बसेको थियो ? यो कांग्रेसविरुद्धको षडयन्त्र हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…