काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
शुक्रबार जनता समाचार डट कम मा जनप्रतिनिधिलाई नेकपाको विशेष प्रशिक्षण, घरको जग खन्दा पुरिएर मृत्यु, ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना, पाँच वर्षमा पनि पुल बनेन, स्थानीय सास्ती, एनआरएनएको अध्यक्षमा पन्त, रविको मुद्दामा अदालतको यस्तो आदेश र भारतीय कम्पनी ओरियन्सको ठगीधन्दा, लाखौं रुपैयाँ ठगेको खुलासा लगायतका समाचार प्रकाशित गरिए ।
अन्नपूर्ण पोष्ट् दैनिकमा चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको समाचार छापिएको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्र्तगत विस्तृत साझेदारी हुँदै रयानीतिक साझेदारी भ्रमणउपयोगी रहेको बुझाई चिनियाँ अधिकारीहरुको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतका भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको चिनियाँ अधिकारीले बताएको समाचारमा उल्लेख छ । नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्को छिमेक अनि मित्र राष्ट्रहरुको प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै भएको भ्रमण फलदायीभएको समीक्षा चिनियाँ पक्षले गरेको छ ।
राजधानी दैनिकले स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ ।
यतिबेला मुलुकभर २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका छन्। जसअन्र्तगत महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रनिधि रहेका छन् । राजधानीले पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा भएको समेत उल्लेख गरेको छ । मनमौजी रुपमा कानुन बनाएर अवैध रुपमा राज्यकोष दोहन गरिरहेका दाबीसहित अधिवक्ता लोकेन्द्र ओलीले रिट दायर गरेका थिए ।