नगरपालिकामा तालाबन्दी

विद्यानन्द राम
राजविराज । जनप्रतिनिधि र कर्मचारी मिलेर आसेपासेलाई टेण्डर पार्न खोजेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शुक्रवार तालाबन्दी गरिएको छ ।

मार्गदवी/एसएएस/ओम गणेशाय जेभीका सञ्चालक राजिवकुमार साहसहितका व्यक्तिहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरपालिका भवन निर्माणकालागि कार्यालयले गत असोज २६ गते आह्वान गरेको टेण्डर आसेपासेलाई पार्न खोजेको उनीहरुको आरोप छ । ‘आठ करोड रुपैयाँको लागत अनुमान गरेर आह्वान गरिएको टेण्डर शिलबन्दी पत्र खुलाउने मिति शुक्रबार (कात्तिक १ गते) रहेपनि जिम्मेवारी व्यक्ति कोही पनि कार्यालयमा उपस्थित भएको देखिएनन्’ सञ्चालक साहले भने–‘त्यसमाथि आफ्नो फर्मको पत्र कारण बिना नै हटाइदिएको छ ।’

त्यस विषयमा बुझ्न खोज्दा चित्त बुझ्दो जवाफ नपाएपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नु परेको उनले बताए । सञ्चालक साहले निष्पक्ष रुपमा टेण्डर प्रक्रिया अघि नबढाएसम्म तालाबन्दी कायमै राख्ने चेतावनी दिए ।

नगरपालिकाका मेयर शिवनारायण साहले नगरपालिका पुग्न प्राविधिकलाई केही ढिलाई भएपछि उनीहरुले कार्यालयमा तालाबन्दी गरेको बताउनु भएको छ । उहाँले टेण्डर प्रक्रिया कानून बमोजिमअनुसार नै अघि बढाइएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…