नाम

तिमी जुन बाटो हिँडिरहेका छौ–
त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ?
तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–
त्यसलाई फलाउन कसले घाम र झरी सहेको थियो ?
तिमीले जुन लुगाले आफ्नो इज्जत जोगाएका छौ–
त्यो लुगा कसले बुनेको थियो ?
के तिमीले यसबारे सोच्ने कष्ट गरेका छौ ?
यौटा श्रमिकले कहिले पनि–
आफ्नो नाम राख्नका लागि श्रम गर्दैनन्
पहरो फुटाल्ने श्रमिकले गैंची चलाउँदा
‘नाम’ कसरी राख्ने बारे सोच्दै सोच्दैनन् ।
के कुनै किसानले उब्जाएको प्रत्येक दानामा
आफ्नो नाम लेखिएन भनेर गुनासो गरेका छन् ?
चाहेको छ कुनै किसानले धानको यौटा
दानामा भए पनि आफ्नो नाम लेखियोस् भनेर ?
यौटा किसान,
यौटा मजदूर,
नामको लागि मरिहत्ते गर्नुको त के कुरा,
त्यसको उसलाई हेक्का पनि हुँदैन,
नामको लालसाले उसलाई छुँदैछुँदैन ।

‘नाम’ राख्न चाहनु
खेलाडीको काम हो ,
जो
किसानले उब्जाएको अन्न टन्न खाएर,
कुनै श्रमिकले बुनेका
चिल्ला कपडा लगाएर,
जुत्ता कसेर,
कुनै अज्ञात श्रम–शहीदले खनेर
‘कालोपत्रे’ गरेर
चिल्लो बनाएको बाटोमा
म्याराथुन दौडिन्छ, ‘प्रथम’ भएर नाम राख्नका लागि ।
खेल मैदान बनाउने श्रमिकलाई नाम चाहिँदैन,
‘नाम’ त मुक्केबाजलाई चाहिन्छ,
जो
कुनै श्रम पितामहले बनाएको अखडामा
रगताम्य आफ्नो साथीलाई लडाएर
‘विजेता’को नाम राख्छ ।
देशको लागि सजग भएर
बन्दुक समातेको योद्धाले,
सीमा क्षेत्रमा पहरा दिने सिपाहीले
भनेको छ कहिल्यै तिमीसँग,
‘मेरो बगेको रगतले भए पनि
सिमानाको मौलोमा मेरो नाम लेखिदेउ ?

अधिकार चाहनु छुट्टै कुरा हो–
किसान नाम चाहँदैन ।
कर्तव्यको लागि मरिमेट्नु छुट्टै कुरा हो,
सिपाही ‘नाम’ चाहँदैन ।
शोषणको विरोध गर्नु छुट्टै कुरा हो
नामको लागि कुनै मजदूरले आन्दोलन गर्दैन ।

– डा.विजयकुमार पौडेल

(स्पष्टीकरण– यो कविता बुधवार साप्ताहिकमा २०४९ साल फागुन १३ गते प्रकाशित गरिएको थियो । यसमा व्यक्त ‘खेलाडी’ शब्दलाई उपमाको रुपमा बुझ्नुहुन अनुरोध छ ।)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।