नेता नेपाल हँसिया लिएर कस्सिएपछि… (भिडियोसहित)

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको दैनिकी प्रायः नेता तथा कार्यकर्ता भेटघाट र भाषणमै व्यतित् हुन्छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता नेपालको शनिबार बिहानको कार्य भने फरक देखियो ।

नेता नेपाल बिहानै जडिबुटीस्थित मनोहरा किनारमा भेटिनुभयो तर कुनै भाषण समारोहमा होइन । पूर्व प्रधानमन्त्री नेपालको खुट्टामा चप्पल र हातमा हँसिया थियो । उहाँले केहीबेर मनोहरा किनारको झाडी फाड्नुभयो । फाड्न शुरु गरे लगत्तै हँसिया हातबाट फुत्कियो । सुरक्षाकर्मीले टिपेर फेरि उहाँको हातमा थमाए । नेता नेपालले त्यसपछि धमाधाम बुट्यान काट्नुभयो ।

‘शरीर स्वच्छ राख्न र बलियो बलियो बनाउन सरसफाइ चाहिन्छ’ उहाँले भन्नुभयो, ‘आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ । नदी सफा गर्ने हो । वरपरको वतावरण सफा गर्ने हो । नजिकको बस्तीले पनि नदी सरसफाइमा ध्यानदिनुपर्छ ।’

पूर्व प्रधानमन्त्री नेपालले मनोहरा करिडोर निर्माणलाई तीब्रता दिइएको जानकारी गराउनुभयो । ‘मनोहरा करिडोर बालकुमारीदेखि शंखरापुर अर्थात् साँखुसम्म जोड्ने वैकल्पिक मार्ग हो । यो करिडोर छिट्टै सम्पन्न हुनेछ । करिडोर संचालन भएपछि यहाँबाट ऐतिहासिक शालीनदी जानेहरुको लागि पनि सजिलो हुनेछ ।’

काठमाडौं उपत्यकामा बागमती नदीसँगै विष्णुमती, हनुमन्ते र मनोहरा लगायतकम नदी तथा खोला सफाइ अभियानसँगै अभियान संचालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…