मोटरसाइलमा ल्याउँदै गरेको १९ किलो चाँदी बरामद

बारा । सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध तवरले  ल्याउँदै गरेको चाँदीसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो एक सय ग्राम चाँदीसहित बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

भारतबाट बीआर ६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताउनुभयो । बरामद चाँदीको बजार मूल्य करिब १४ लाख रूपैयाँ पर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।