एपीएफ टुबोर्ग जेसीज विकास रनिङ शिल्डको क्वाटरफाइनलमा

चितवन । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्डको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापा–११ विरुद्ध सडन डेथमा विजयी हुँदै एपीएफले नेपाल आर्मीसँगको भीडन्त पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समय गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि गरिएको टाई–ब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलले सडन डेथको बाटो तय गरेको थियो । सडन डेथमा झापाका सुरज विकको प्रहार एपीएफका अमृत चौधरीले रोक्दा एपीएफका राजेन्द्र रावलले गोल गरे । एपीएफको जितमा नायक बनेका गोलरक्षक अमृत चौधरी म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

अब सेमीफाइनल प्रवेशका लागि एपीएफले अर्को विभागीय टिम नेपाली आर्मीसँग कात्तिक ४ गते खेल्नेछ । .यसअघि विकास रनिङ शिल्ड–२०७४ मा एपीएफले थ्रीस्टारलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा चौथो दिन आइतबार युनाइटेड दार्जिलिङले जावलाखेल युथ क्लबको सामना गर्नेछ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा विजेताले ६ लाख ६ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।