नेपालमै यस्तो विवाह, दाइजोमा भालु र सर्प

सिरहा । तराईमा दाइजोको बिगबिगी छ । तराईमा विवाहमा नगदसँगै सवारी साधन माग्ने गरिन्छ । तर तराईमै बसोबास गर्ने मुस्लिम समुदाय अन्तर्गतकाे नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

नट समुदायमा अधिकांशको जग्गाजमिन छैन । भालु र सर्प नचाएर र सर्प देखााएर पारीवारिक गुजारा चलाउँदै आएका छन् । नट समुदायले नचाउने गरेको कालो भालु वन्यजन्तु हो ।

पछिल्लो समय जंगलमा समेत कालो भालु पाइन छोडेको छ । यदि जंगलमा भालु पाइहाले पनि त्यसलाई समातेर ल्याउन पाइँदैन । त्यो कानुन विपरीत हुन्छ । भालु जंगलमा समात्न नपाइने भएपछि नट समुदायले आ–आफ्नै ढंगले त्यसलाई हुर्काउने गरेका छन् ।

नट समुदायमा दाइजोमा प्रयोग हुने भालुको महत्व बढ्दै गएको छ । विवाहमा भालुलाई अमूल्यवान दाइजो मानिन थालेको छ । नट समुदाय शहरका चोक र विभिन्न ठाउँमा मानिस भेला पारी विभिन्न किसिमका सर्प देखाउँदै र भालु नचाउँदै हिड्छन् । उनीहरुले केही घण्टामै हजार पन्ध्र सय रुपैयाँ समेत कमाउँछन् ।

भालु नचाउन भन्दा त्यसलाई पाल्न गाह्राे छ । एउटै भालुले दिनमै ४ लिटर दुध, १ किलो पिठो र १ किलो चामलको भात खान्छ । भालुको खाना खर्च कटाएर महिनामा १५ हजार रुपैयाँ कमाई हुने गरेको नट समुदाय बताउँछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…