मौलिक पञ्चेबाजामा ‘सोरठी देउसी भैलो’ (भिडियोसहित)

काठमाडौं । नेपालीको दोश्रो ठुलो चाड तिहारलाई लक्षित गरेर मौलिक सिर्जनाहरु बजारमा ल्याउँदै आएको गल्कोट म्युजिक प्रालिको प्रस्तुतीमा फरक तरिकाबाट हाल सम्मकै सर्वोकृष्ट रचना ‘सोरठी देउसी भैलो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा रामु विरही, धर्तिमा थापा मगर विष्णु सिंह, विनिता गुरुङ, सञ्जय परियार, सामना मगर, गोविन्द पराजुली र मिलन थापा मगरको आवाजमा रहको मौलिक देउसी भैलो सोरठी नृत्यका साथ बजारमा आएको हो ।

नेपाली कला र सस्कृतिलाई मौलिकतालाई प्रस्तुत गर्नका लागि आफूले गीतलाई फरक तरिकाबाट प्रस्तुत गरेको रामु विरहीले बताए । रामु विरही र पुर्ण बुढा मगरको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा समावेश गरिएको छ । आपसी रुपमा सद्भाव र भाइचाराको अभिवृद्धिका लागि गीतमा आग्रह गरिएको छ ।

प्रवेश पोखरेलको छायाँकन, दुर्लभ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन तथा मनिषा राईको कोरियोग्राफी रहेको छ । ‘सोरठी देउसी भैलो’ गीतको भिडियोमा रामु विरही, मनिषा राई, समिर विक, माधव प्रसाद सिक्देल र प्रकाश रोक्काको अभिनय रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।