जेसीज विकास रनिङ शिल्डमा जावलाखेल क्लब क्वाटरफाइनलमा

चितवन । नारायगढको क्याम्पाचौरमा जारी जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा ‘ए’ डिभिजन क्लब जावलाखेल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेड फूटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफमा तीन गोल खायो ।

जावलाखेलको तर्फबाट शक्ति राईले एक र सुजीत बुढाथोकीले दुई गोल गरेका थिए । दोस्रो हाफको ३८औँ मिनेटमा युनाइटेड एफसी दार्जिलिङका लागि शुभम क्षेत्रीले गोल गरेपनि टीमलाई हारबाट जोगाउन सकेनन् । प्रतियोगितामा दुई गोल गरेका सुजीत म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए ।

सेमिफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ । प्रतियोगितामा सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन फुटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउने छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ । मिथुन- सन्तानले…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्रका डीएसपी कविराज…

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बस दुर्घटना भएको छ । बा४ख४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ सिन्धुपाल्चाेककाे मुरेस्थित पाँचकिलाे नजिकै…