ऋण दिन्छु भन्दै बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास

विराटनगर । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

प्रबन्धक बास्तोलाले युवतीलाई चैत २२ गते रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मेरिना होटेल र चैत २६ गते इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ । ऋणको प्रक्रिया मिलाउने वहानामा गेस्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै युवतीले त्यतिबेला नै प्रहरीमा बास्तोलाविरुद्ध उजुरी दिएकी थिइन । तर त्यसबेला प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्यो ।

घटनाको २ महिनापछि महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले जाहेरी लिएको हो । जाहेरी दिएपछि प्रहरीले बास्तोलालाई २०७६ जेठ २५ गते पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि बास्तोला साउन १३ गते जेल चलान भए ।

बास्तोलाविरुद्ध अहिले मुद्धा चलिरहेको छ । मुद्धा चलिरहेको बेला बलात्कार घटनालाइ  पैसामा मिलाउने प्रयास भइरहेको छ । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले बलात्कार घटना अस्वीकार गर्न दबाब दिँदै ४० लाख ५० हजार रुपैयाँमा मिलाएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका छन् ।

बलात्कार पैसामा मिलाउन दबाब आएपछि यूवती अहिले तनावमा छिन् । मुद्दाकाे आइतबार बकपत्र थियो । पीडीत युवती जिल्ला न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुना साथ इजलासमै बेहोस भएर ढलिन् । उनलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले युवती तनावको कारण बेहोस भएको जानकारी गराए । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।