काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले सोमबार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
आइतबार जनता समाचार डट कम मा जेसीज विकास रनिङ शिल्डमा जावलाखेल क्लब क्वाटरफाइनलमा, राजनीतिका तीन हस्ती एकैदिन अदालत, इन्टरलकिङ इँटा उत्पादन, ‘तत्काल सभामुखको निर्वाचन हुँदैन’, विदेशी साथी नेपाल भ्रमण गराउनेलाई सम्मान र बिपी राजमार्ग जोगाउन धर्मकाँटा सञ्चालन लगायतका समाचार प्रकाशित गरिए ।
नागरिक दैनिकमा आगामी जनगणनाका लागि राज्यले पााच अर्ब रुपैयाँ खर्च गर्नुपनेृ भएको छ । यसअघि २०६८ को जनगणना गर्दा एक अर्ब ५० करोड खर्च भएको थियो । यसको तुलनामा २०७८ को लागत दुई सय ३३ प्रतिशतले बढी हो । एक दशकको मूल्य वृद्धि र गणनाविधिमा गरिएको परिवर्तनका कारण लागत बढ्न गएको केनद्रीय तथ्यांक विभागको दाबी छ ।
पत्रिकामा उल्लेख भए अनुसार यसघिको जनगणनामा शिक्षकहरुलाई गणकका रुपमा खटाइएको भए पनि अब भने गणक करारमा नियुक्त गरिने हुनेछन् । आगामी जनगणनामा घरधुरीका लागि एउटै मुल प्रश्नावली उपयोग गरिने र हरेक घरधुरीसँग समन्वय रहने तथ्यांक संकलन गर्ने विभागको जनसंख्या शाखाले जनाएको छ ।
कान्तिपुर दैनिकमा पीडित परिवार आलमको त्रासमा शीर्षकमा मुख्य समाचार प्रकाशित प्रकाशित गरिएको छ । समाचारमा उल्लेख भए अनुसार १२ वर्ष अघि रौतहटमा घटेको घटनाका पीडितले ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं, अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं भनेर प्रतिक्रिया दिएका छन् ।
समाचारमा कांग्रेस नेता तथा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले १२ वर्ष पछि घटनाका दोषी कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गरिएकोमा आफू अचम्मित भएको र अदालतले निर्णय नगरेसम्म उनि निर्दोष रहेको बताउनुभएको समेत उल्लेख छ ।