गोठ बनाएको ज्याला माग्दा जनप्रतिनिधिको लात्ती र मुक्का

                   जनप्रतिनिधिबाट कुटिएका मनवीर

सुनिल कार्की
पाल्पा । तिनाउ गाउँपालिकामा मजदुरले काम गरेको ज्याला माग्दा जनप्रतिनिधिको लात्ती र मुक्का खानुपरेको छ । वडा नम्बर ६ का सदस्य  चुन्नबहादुर बिष्टले काम गरेको ज्याला माग्न आएका ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेका हुन् ।

मनवीरले बिष्टको गोठ बनाएका थिए । त्यसको ज्याला माग्दा कुटाइ खानु परेको हो । ‘गोठ बनाएको १ हजार २ सय रुपैयाँ लिनुपर्ने थियो’ उनले भने, ‘त्यो पैसा माग्न जाँदा विभिन्न थरी गाली गर्दै मुक्का र लात्तीले हान्नुभयो ।’

वडासदस्य बिष्टको कुटाइबाट मनवीरकाे अनुहारमा सामान्य चाेट लागेकाे छ । बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् । बिष्टले भने मनवीरले आफूलाई आक्रमण गरेपछि प्रतिकार गरेको बताए ।

मनवीरले वडासदस्य बिष्टविरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएका छन् । त्यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवराज पौडेलले बनाउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।