९ महिनाको गर्भ लिएर लुकीलुकी हिड्नुपर्ने बाध्यता

सप्तरी । प्रेम विवाह गरेको १० महिना बितिसक्दा पनि केटी पक्षले विवाह स्वीकार नगरेपछि सप्तरीका एक जोडी भूमिगत जीवन बिताउन बाध्य भएका छन् । भूमिगत जीवन बिताउन  मात्रै हाेइन उनीहरूले ९ महिनाको गर्भ लिएर लुकीलुकी हिँड्नुपर्ने बाध्यता समेत भाेगिरहेका छन् ।

केटी पक्षले मानसिक यातना दिँदै अदालतमा समेत अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा नै दर्ता गराएपछि उनीहरुलाई भूमिगत जीवन बिताउने बाध्यता परेको हो । पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ की १९ वर्षीया कञ्चन मिश्राले गत माघ २ गते राजविराज नगरपालिका–१ का २३ वर्षीय रक्की झासँग प्रेम विवाह गर्नुभयो । विवाह गरेदेखि नै तनाव दिँदै आएका बुवा मनोज मिश्रा र आमा सावित्रीले यतिबेला आफ्नो पति र ससुराविरुद्ध मुद्दा नै दर्ता गराएपछि आफ्नो परिवारको बिचल्ली भएको कञ्चनले दुखेसो गरे ।

आफूहरुबीच २ वर्षदेखि रहेको प्रेम सम्बन्धलाई राजीखुशी विवाह गरेपनि आमाबुवाले अनाहकमा मुद्दा दर्ता गराएपछि आफूलाई ९ महिनाको गर्भ लिएर लुकीलुकी बस्नुपर्ने बाध्यता परेको कञ्चनको भनाइ छ । उहाँले आमाबुवालाई पटकपटक सम्झाएपनि स्वीकार गर्न तयार नरहेको तथा आक्रामक रुपमा प्रस्तुत भइरहेकाले आफूहरुलाई सुरक्षित बस्ने वातावरण मिलाइदिन पहलका लागि सबैमा आग्रह गर्नुभयो ।

आफू खुशीसाथ बसिरहेको भन्दै कञ्चनले आफ्नो परिवारमा तनाव नबढाउन आमाबुवालाई आग्रहसमेत गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।