माेटाेपना भएका युवतीकाे साैन्दर्य प्रतियाेगिता

काठमाडौं । धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । यिनै मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को तेश्रो सिजन राजधानीमा आयोजना हुँदैछ ।

मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौंको नयाँबानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साईज नेपाल आयोजना गर्दै आएको छ । इभेन्ट आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै ओमानियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन् ‘प्लस साइज (मोटोपना)का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधैँ पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आपूmलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साईज, २०२०’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराईन । उत्कृष्ट तीन रनर अपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कार्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।