लोप हुँदै परम्परागत पानी घट्ट

बलवीर भुजेल
सिन्धुली । पछिल्लो समय सिन्धुलीका विभिन्न खोलामा रहेका पानी घट्टहरु जिर्ण बन्दै लोप हुँदै गहिरहेका छन् । नेपालको परम्परागत प्रविधिको रुपमा रहेका पानी घट्ट केही वर्ष अघिसम्म सिन्धुलीका विभिन्न बस्तीमा जताततै देख्ने गरिन्थ्यो । पानी घट्ट ढुङ्गा कुदेर विशेष आकार दिएर पानीको सहायताले चल्ले गरि निर्माण गरिएको  परम्परागत् मेशिन हाे ।

गाउँघरमा विद्युत्को विकास र विस्तार नहुँदा पानी घट्टमा मकै, कोदो, गहुँ, जाैँ, दाल र मशला लगाएतका सामग्री पिध्ने गरिएको थियो । कतिपयले पानी घट्ट चलाएर नै आफ्नो परिवारको दैनिक आवश्यकता पुरा गर्ने तथा गाँसबासको जोहो गर्ने गरेका थिए । आधुनिक मेशिनले पिधेको भन्दा पानी घट्टमा पिधेको खाद्यान्न स्वास्थ्यको हिसाबले पोषिलो र स्वादिष्ट हुन्छ । संसारका विकसीत देशमा यस्ता परम्परागत प्रविधिको विकास र आविष्कारमा राज्यले प्रत्यक्ष लागानी गरेका छन् तर नेपालमा यस्ता परम्परागत प्रविधिको संरक्षण, संवर्द्धन र विकासमा कुनै चासो दिएको पाइँदैन ।

यसरी लोप हुन लागेका पानी घट्ट लगाएत परम्परागतका प्रविधिहरु सभ्यताको संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गरेमा आगामी पुस्ताले थाहा पाउने थिए तर यस विषयमा कसैले ध्यान पुर्याएको देखिदैन ।

स्थानीय सरकारले पनि आफ्नो परम्परागत पानी घट्ट लगाएतका प्रविधिको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ । अन्यथा हाम्रा परम्परागत प्रविधि र पानी घट्ट एकादेशका कथामा सिमित नहोला भन्न सकिदैन । यसमा केन्द्रीय तथा स्थानीय सरकारको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…