जाजरकोटमा विप्लवका कार्यकर्ताद्वारा नेकपाका नेता कार्यकर्तामाथि आक्रमण

काठमाडौं । जाजरकोटको बारेकोट गइरहेका नेकपाका नेता कार्यकर्तालाई लैखम भिरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बारेकोटमा पार्टीको शपथ ग्रहण कार्यक्रममा हिँडेको नेकपाकाे टोलीमाथि लैखम भिरमा आक्रमण भएको हो । आक्रमणमा परी नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपा प्रदेश कमिटी सदस्य डम्मर बहादुर सिंह र अनेरास्ववियका जिल्ला कमिटी सदस्य विशाल बस्नेत घाइते हुनु भएको छ । गौँडामा ढुकेर भाटाले आक्रमण भएको केन्द्रीय सदस्य आचार्यले बताउनु भयो ।

नेकपाकाे शपथ ग्रहण रोक्न विप्लवका कार्यकर्ताले अवरोध गरेका हुन् । घटनालगत्तै घटनास्थलमा प्रहरी पुगेको छ । नेताहरु घटनास्थलबाट बारेकोट प्रस्थान गरेका छन् । विप्लवका कार्यकर्ता पनि आक्रमणलगत्तै फरार भएको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…