जेसीज विकास रनिङ शिल्डमा चितवन–११ फाइनलमा पुग्यो

चितवन । नारायणगढमा जारी जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा चितवन–११ फाइनलमा प्रवेश गरेको छ । चितवन–११ उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई पारजित फाइनलमा पुगेको हो ।

मध्यान्तर अगाडि गोररहित बराबरीमा खेलेको आर्मीले दोस्रो हाफमा २–१ को हार ब्यहोर्यो । चितवनका लागि पहिलो गोल दोस्रो हाफको २० औं मिनेटमा अनिल रानाले गरे । त्यसको ८ मिनेटपछि कप्तान रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २–० को अग्रता लियो ।

आर्मीका लागि विमल पाण्डेले दोस्रो हाफको ३७ औं मिनेटमा गोल गरे । उत्कृष्ट प्रदर्शन गरेका चितवनका जितेश गुरुङ म्यान आफ दी म्याच बन्दै १० हजार रुपैयाँ जिते । बिहीबारको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…