अनुगमन : २ वर्षदेखि म्याद गुज्रेका अखाद्य वस्तु बिक्रि

भक्तपुर । भक्तपुरमा गरिएको अनुगमनका क्रममा विभिन्न खाद्य स्टोर तथा किराना पसलहरुले म्याद गुज्रेका र अखाद्य वस्तु बिक्रि गरेको पाइएको छ । चाँगुनारायण नगरपालिकाले गरेको अनुगमनमा २ वर्षदेखि म्याद गुज्रेका अखाद्य वस्तु, बिग्रिएका दही र मिनिरल वाटरका हरेक बोतलमा लेउ लागेको भेटिएको हो ।
अखाद्य र म्याद गुज्रेका सामग्री, दही र पानी बिक्रि गर्ने कम्पनी र पसल सिल गरी कारवाही प्रक्रिया अगाडि बढाइएको चाँगुनारायण नगरपालिकाका उपमेयर बिना बास्तोलाले जानकारी दिनुभयो ।