कृषि भ्रमणमा शिक्षक र बालबालिका

आशिष बहादुर सिंह
बझाङ । कृषि भ्रमणमा शिक्षक र बालबालिकालाई लगिएको आरोप लागेको छ ।

साईपाल गाँउपालिकाले कृषि भ्रमणका लागि सात लाख बजेट छुट्याएको तर भ्रमणमा भने राजनीतिक पहुँचको आधारमा कृषक भन्दा धेरै कार्यकर्ता तथा शिक्षक र बालबालिका लगिएको काँडा माविका शिक्षक ज्ञानबहादुर बोहरा लगायत स्थानीयले आरोप लगाएका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरु कार्यालय बन्द गरेर भ्रमणमा गएका छन् । कार्यालय बन्द गरेर भ्रमणमा जाँदा सेवागाही मर्कामा परेका छन् । कृषि कर्ममा लागेका कृषक भन्दा राजनीतिको पहुँचको आधारमा कार्यकर्ता तथा नेताका छोराछोरीलाई भ्रमणमा लैजानु राम्रो नभएको जिल्लाका जानकारहरु बताउँछन् ।

कार्यालय नै बन्द गरेर भ्रमणमा जनताले जाँदा सिंहदरबारको अधिकार गाउँमा आएको अनुभुति गर्न नपाउने नागरिक समाजका अगुवा धर्मजङ सिंहको भनाइ छ ।

गाउँपालिकाको कार्यालय बन्द हुँदा नागरिकता सिफारिसका लागि चैनपुर जानुपर्ने बाध्यता रहेको स्थानीय दिपक बोहरा बताउँछन् ।

कार्यालय नै बन्द गरेर भ्रमणमा जानु नहुने साइपाल गाउँपालिका अध्यक्ष शेरबहादुर बोहरा बताउँछन् । बोहराका अनुसार गाउँपालिकाका लागि दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन भएपनि गाउँको कार्यालय महिनाको एकदिन मात्र खुल्ने गरेको छ । कृषि भ्रमणका बारेमा गाउँपालिका अध्यक्ष राजेन्द्र धामीसँग पटक पटकको प्रयासबाट पनि सम्पर्क हुन सकेन।

अन्य गाउँपालिकाका स्थानीय सेवाग्राहीले यस्तो समस्या अहिले मात्र नभई पटक पटक हुने गरेको र स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले सेवा दिनुको साटो दुःख दिइरहेको स्थानीयको आरोप छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…