तपाईंको यो साता (कात्तिक १० देखि १६ गतेसम्मको राशिफल)

मेष – यात्राको सुख मिल्नेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवं मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्ने एवं धार्मिक कार्यमा खर्च हुनेछ ।

वृष – मुद्दा मामिलामा राहत मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवं विरोधी तह लाग्नेछन् । साताको मध्यमा साझेदारीबाट
फाइदा, प्रेममा प्रगति एवं व्यावसायिक यात्रा हुनेछ । अन्त्यमा भने काममा ढिलासुस्ती, सम्मानमा आघात एवं मित्रजनबाट
असहयोग मिल्नेछ ।

मिथुन – अध्ययनमा प्रगति हुनेछ । बुद्धिले साथ दिनेछ । सन्तानबाट खुशियाली बढ्नुका साथै आम्दानीको स्तर वृद्धि
हुनेछ । मध्यमा स्वास्थ्यमा सुधार मित्रजनबाट सहयोग एवं विरोधीहरु पर हट्नेछन् । अन्त्यमा भने ससुराल पक्षबाटफाइदा, वैवाहिक काममा व्यस्तता एवं भोजभतेरमा सहभागी भइनेछ ।

कर्कट– स्वास्थ्यमा प्रतिकुलता आउनेछ । घरायसी वादविवाद बढ्नेछ । मध्यमा भने बौद्धिक काममा रुचि, सन्तानबाट
सहयोग एव व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा खर्च बढ्ने, चोटपटकको सम्भावना एवं शारीरिक अस्वस्थता रहनेछ ।

सिंह– दौडधुप बढी हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ । उत्साह बढ्ने एवं दाजुभाइबाट सहयोग पाइनेछ । साताको मध्यमा भने अनावश्यक कलह, महिलापक्षसँग वैमनस्यता हुनेछ । अन्त्यमा भने अध्ययनमा रुचि, व्यापारमा फाइदा एवं सन्तानको प्रगति देखिनेछ ।

कन्या– बोलीको प्रभाव पर्नेछ । धनको वृद्धि हुनेछ । कुटुम्ब सहयोगले काम बन्नेछ । उत्साहमा वृद्धि एवं छोटो यात्रा
हुनेछ । भाग्यले साथदिने एवम नयाँ मित्रसँग भेटघाट हुनेछ । सुखसयलमा मन जाने र बढी खर्च हुनेछ । अन्त्यमा भने
स्वास्थ्यमा समस्या एवं खर्च बढी आउन सक्नेछ ।

तुला– यात्राको योग बन्नेछ । नयाँ कामको थालनी हुनेछ । आफ्नो पहिचान बन्नेछ । धन सम्पतिको कारोबार बढ्ने एवं
इष्टमित्रबाट भरपुर सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रा हुने, साथीभाइबाट सहयोग एवं दाजुभाइमा मेलमिलाप
भएर आपसी झमेला टुंगिनेछ ।

वृश्चिक– खर्च धान्न मुस्किल हुनेछ । पैसाको अभावले काममा बाधा पुग्नेछ । सरसामान हराउन सक्ने एवं अनावश्यक घाटा बेहोर्नुपर्नेछ । मध्यमा भने राजनीतिबाट फाइदा एवं ठूलाबडासँग कारोबार हुनेछ । साताको अन्त्यमा भने हिँडडुलमा व्यस्तता एवं काममा प्रगति देखिनेछ ।

धनु – आम्दानी राम्रो हुनेछ । काममा फाइदा मिल्नेछ । नयाँ सरसामान घरमा भित्रिनेछ । साताको मध्यमा खर्च बढ्ने एवं नोक्सानीको भय रहनेछ । मनमा अशान्ति बढ्ने एवं स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । अन्त्यमा भने रोजगारीकोअवसर एवं कामबाट फाइदा मिल्नेछ ।

मकर – राजनीतिक लाभ मिल्नेछ । रोजगारीमा अवसर पाइनेछ । आम्दानी बढ्ने व्यापारमा फाइदा एव धनको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमा भने काममा तनाव आउने एवं अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यको लागि खर्च एवं अनावश्यक तनाव बढ्नाले काममा बाधा हुनेछ ।

कुम्भ – भाग्यले साथ दिनेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्ममा रुचि बढ्ने एवं सामाजिक काममा अवसर पाइनेछ । मध्यमा भने रोजगारीमा फाइदा एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा राम्रो आम्दानी हुने एवम धनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । अचानक धनको लाभ मिल्नेछ ।

मीन – बोलीले गर्दा तनाव हुनेछ । स्वास्थ्यमा अचानक बाधा एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने
व्यापारमा फाइदा, साझेदारीमा लाभ एवं दाम्पत्य प्रेममा प्रगति हुनेछ । अचानक यात्रा हुने एवं पुराना कामहरु बन्नेछन् । विरोध गर्नेहरुले सहयोग देखाउनेछन् । स्वास्थ्यमा सुधार एवं राम्रो काममा खर्च भने बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…