आशिष बहादुर सिंह बझाङ । तिहार मनाउनका लागि बादी समुदाय बिहान बेलुका होटल, पसल तथा बजारमा माग्न जुटेका छन् । याे समुदायकाे अन्य पेशा व्यवसाय केही नभएकाले बजारमा माग्नुको विकप्ल नभएको दिपक बादी बताउँछन् ।
दशकदेखि बस्दै आएका बादी समुदायको साँझबिहानको चुल्हाेमा आगो बाल्नका लागि माग्नु नै पर्ने बाध्यता रहेको छ ।
‘जुन ठाउँमा जे मजदुरी पाउँछौं त्यही गछौं, त्यसबाट साँझबिहानको खर्च मुश्किलले चलेको छ’, रमेश बादी भन्छन्, ‘हुनेखानेले राम्रो लगाउँछन्, मिठो खान्छन् तर हामीले माग्दा खाली हात पठाउँछन्, कर्जा पनि दिदैनन् ।’
‘दशैंमा जयपुथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर बिष्टले रागो किनेर दिएका थिए तर तिहारमा दिने कोही भेटिएका छैनन्’ रमेश बादी भन्छन् ।
बिहान बेलुका छाक टार्नसमेत मुश्किल हुने बादी समुदायका लागि जनप्रतिनिधिले व्यवस्था गरिदिएको वर्षौदेखि बस्दै आएका घरजग्गा पनि आफ्नो नाममा नभएको गुनासो गर्छन् । बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकले बीचमै विद्यालय छुटाएर बच्चाहरुलाई नाचगान र माग्ने पेशामै लगाएका छन् ।
रोजगारीको अवसर प्रदान गरी जीवनयापनमा सहज बनाइदिन सरकारसँग बादी परिवारको माग रहेको छ । बस्तीमा ४० परिवार बादी समुदाय बसोबास गरिरहेका छन् ।