काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडभित्र क्रियाशील रहेका तीनवटा ट्रेड युनियनको संयुक्त आयोजनामा २०७६ सालको वडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत अन्य समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रमको तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंक लिका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।