बागलुङमा जिप दुर्घटना

एक जनाको मृत्यु, चालक बेपत्ता

फाइल तस्बिर

बागलुङ ।  तमानखोला गाउँपालिका–३ मा पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरी चौकी बोङ्गादोभानले जनाएको छ ।

तमानदेखि बोङगादोभान आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जिप रिक्लाङमा दुर्घटना भएको हो ।

पिकअप सडकदेखि करिब १५ सय मिटर तल खसेको प्रहरी चौकी बोङ्गादोभानका प्रहरी हवल्दार देबिराम सुनारले जनाकारी दिनुभयो ।

साँघुरो सडक भएको हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार एक जना मृत फेला परे पनि पहिचान हुन सकेकाे छैन ।  चालक भने बेपत्ता छन् ।

रातको समयमा दुर्घटना हुँदा खोजि कार्यमा समस्या भएको हवल्दार सुनारकाे भनाइ छ ।  गाडीमा २ जना मात्रै सवार हुन सक्ने प्रहरीकाे अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…