यो कस्तो प्रेम ?

लघुकथा

सानीले चालक रविसगँ प्रेम विवाह गरेकी थिई, आमाबुबाको सारा माया उसैलाई खन्याएकी थिई विचरीले ! ऊ भित्रिएदेखि नै घरमा त्यति राम्रो छैन, सायद मन नपरेकी बुहारी भएर होला।

केही समयपछि रविले उसलाई शहरको कोठामा राख्न थाल्यो। कहिले कहीँ उ चाहिँ घर पनि जाने गर्थ्यो। ‘चालक र पुलिसको भर हुँदैन भन्छन् हजुरको पनि के भर, घर जानु भयो भने फर्किएर आउनुहुन्न।’ भन्दै सानी गुनासो पोख्थी रविसँग तर रवि सुनेको नसुन्यै गर्थ्यो।

दिन बित्दै गयो, उनीहरूका दुई छोराछोरी पनि भए । रवि अनेकौ काम देखाउँदै डेरामा आउनै छोड्यो।
सानीले फोन गरे मात्र गफ गर्थ्यो नत्र उसले न त फोन नै गर्थ्यो न त घर नै आउथ्यो।

दुई सन्तानलाई हुर्काउन निकै गार्हो थियो सानीलाई । उसले यसो सानोतिनो काम गरेर घर व्यवहार चलाउन थाली।
अब त रवि फोनमा पनि झर्किएर बोल्ने गर्थ्यो रे। ‘कति कचकच गरेकी शहरमा राखिदेको छु बसेर खानु नि, घर गरी खानु परेको छैन त तँलाई’ भन्दै फोनबाट नै गाली गर्थ्यो रे। रविको व्यवहारदेखि सानी दिक्क भएकी थिई ।

दशैं आयो, सबै घर जान लागे तर रवि आएन ।
टीकाको आघिल्लो दिन बिहानै सानी घर पुगेर ढोका ढक्ढक्याईछे । निकै बेरपछि रविले ढोका उघारेछ । सानीलाई एक्कासी ढोकामा देख्दा ऊ तर्सिएर सानीलाई हप्काउँदै भित्रै पस्न दिएनछ।

‘के खान आएकी जुन बाटो आइस् त्यही बाटो जा’ भन्दै हातपात गरेर निकाल्न खोज्दा ऊ जबरजस्ती भित्र पसिछे । उसका आँखा अचानक ओछ्यानमा परे। उसले सिरक तानेर हेर्दा अपरिचित महिला देखेर ‘ऊ को हो ?’ भनेर सोध्दा रविले ‘मेरी कान्छी’ भनेर जवाफ दिएछ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…