फूलमा आत्मनिर्भर बन्दै मकवानपुर

पुष्पराज अधिकारी
मकवानपुर । व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरु बढ्दै गएका छन् । फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि तिहारका लागि मात्र नभएर वर्षैभरी फूलखेती गरेर राम्रो आम्दानी लिने किसानहरु बढ्दै गएका छन् ।

हेटौंडा १२ का वडा अध्यक्षसमेत रहनुभएका ललित घलान, हेटौंडा–६ चौघडाका बालकृष्ण चौलागाँई र मनहरीका हरिशरण अर्याल मात्र होइन, अहिले व्यावसयिक रुपमा फूलखेती गर्ने किसानको संख्या निकै बढेको छ । पहिले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत फाखेलमा मात्र फूलखेती गरिएको भएपनि पछिल्ला वर्षमा मकवानपुरको दशवटै स्थानीय तहमा तिहारलाई लक्षित गरेर फूलखेती गरिएको छ । वेमौसमी रुपमा भने धेरैले यसको खेती गर्न थालेका छन् ।

तिहारमा धेरै माग हुने भएकाले सबैले दीपावलीलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेका छन् । दिपावलीका लागि नवलपरासी, नारायणघाट तथा हेटौँडाबाट फूल बिक्रेताहरुले सम्पर्क गरी तिहारअघि नै फूल टिपेर लैजान अर्डर भइसकेको मञ्जुश्री पुष्पखेती फर्मका सञ्चालक बालकृष्ण चौलागाँईले बताउनुभयो । उहाँका अनुसार अहिले फूलखेती भएको स्थलबाटै फूल धमाधम बिक्री भइरहेको छ । प्रति गुच्छा एक रुपियाँ २० पैसाका दरले फूल बिक्री भइरहेको उहाँले बताउनुभयो ।

नेपालमा पुष्पखेतीको राम्रो संभावना रहेको र छोटो सयममै राम्रो आम्दानी पाईने भएकाले पुष्पखेती गरिएको उनीहरुको भनाइ छ । अझै पनि भारतबाट करोडौंका फूल नेपाल भित्रिएको छ तर मकवानपुरमा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरु बढ्न थालेपछि जिल्लामा भारतीय फूललाई विस्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…