प्रिमियर लिग फुटबलमा चेल्सीकाे जित

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–२ गोल अन्तरले पराजित गरेको हाे ।

बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे । यस्तै विलियमले एक गोल थपे । घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए ।

खेलको २१औँ मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औँ पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । ५६ औँ मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गरे दोस्रो अमेरिकन खेलाडी बनेका छन् । खेलको ५८ औं मिनेटमा विलियमले गोल गर्दा चेल्सी ४–० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४–२ ले पराजित भयो ।

जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…