यसकारण खेलिन्छ देउसी

नेपालीको दोस्रो ठूलो पर्व तिहार पाँच दिनसम्म धुमधामका साथ मनाइन्छ । काग, कुकुर, गाई, गोरुको विधिवत् पूजा गरी मनाइने तिहारको अन्तिम दिन भाइटीका गरिन्छ । यी पाँच दिन देउसी खेल्ने परम्पार पनि रहेको छ । देउसी किन खेलिन्छ वा देउसी खेल्नुको अर्थ के हो त ? वास्तवमा देउसी मनोरञ्जनका लागि मात्र खेलिएको होइन ।

देउसी खेल्नुको यथार्थ अर्कै छ । देउसी खेल्दा हामी त्यसै आएनौँ– देउसी रे, बलिराजाले पठाको– देउसी रे आदि भन्ने गरेको सुनिन्छ र भनिन्छ पनि । तिहारको पाँच दिन नै दैत्यराज बलीले राज्य गरेको शास्त्रहरुमा बताइएको छ । बलिराजाले ठूलो तपस्या गरी देवताहरुलाई युद्धमा जितेर तीन लोक चौध भुवनमा राज्य गरेका थिए । देवताहरुलाई हराएर राज्य चलाए पनि अन्य दैत्यसरह उनले कुकृत्य भने गरेनन् । उनी धर्मकर्ममा निपूर्ण थिए । उता, देवताहरु भगवान् विष्णुकोमा गई राक्षसहरुले हराएको कुरा पहिले नै बताएका थिए । तर, राजा बलीका भक्तिका कारण भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।

उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो । उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुपर्यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो । केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो । दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररुपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको ? भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् । तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् । वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । त्यसैले दनका बारेमा भनिएको  पनि छ–
अतिरपेण वै सति अति गर्वेण रावण,
अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।

बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् । त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ ।

यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ ।

बलीले राज्य गर्दा कलिको प्रवेश हुने र गाउँघरमा सामान्य जुवातास खेलेर कलिको झल्को दर्शाउने पनि गरेको पाइन्छ । तर, यसो गर्नुलाई अहिले कानुनले बन्देज गरे तापनि यसमाथि पूर्ण नियन्त्रण भएको चाहिँ छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…