उदयपुरमा भीषण आगलागी

सुखिलाल चौधरी
उदयपुर । गाईघाटमा भीषण आगलागी भएको छ । त्रियुगा नगारपालिका–१०, बिपीचोक नजिक सिताराम कार्कीको घरमा आइतबार मध्यराति कपडा पसलमा आगलागी भएको हो ।

आगलागीबाट ७० लाखभन्दा बढीको क्षति पुगेको जनाइएको छ । आगलागी भएको घरमा कृषि विकास बैंकको कार्यालयसमेत रहेको छ । दिपावलीको दिन लक्ष्मीपूजा सकेर देउसी खेल्न व्यस्त भएको समयमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

आगलागीबाट पसलमा रहेका फेन्सि कपडा, र्याक तथा थानको कपडा जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबदादुर बुढामगरका अनुसार राति ११ बजे भएको आगलागी नेपाल प्रहरी, नगरपालिकाको दमकल तथा स्थानीयको प्रयासले आगो निभाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…