आगलागीका कारण हजारौँ जनजीवन प्रभावित

काठमाडौं । जंगलमा लागेको आगो फैलिँदै गएपछि अमेरिकाको क्यालिफोर्नियाको जनजीवन प्रभावित भएको छ ।

राज्यका गभर्नर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । तीव्र गतिमा हावा चलेका कारण आगो विस्तार भएको छ । क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा रहेका एक लाख ८० हजार मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ ।

आगलागीका कारण दशौँ हजार घर जोखिममा परेका छन् । धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ । १० लाख भन्दा बढी मानिस अहिले विद्युत सेवाबाट वञ्चित भएका छन् । विद्युत सेवा प्रदायक कम्पनीहरुले बिजुलीका तारहरु आगोले थप नोक्सान नगरोस् भनेर सुरक्षात्मक प्रयास गरिरहेका छन् ।

थप १० लाख मानिस चाँडै नै विद्युत सेवाबाट वञ्चित हुने अनुमान गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…