भर्ताङको ‘अर्गानिक’ स्याउ राजधानीमा

काठमाडौं। मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको राजधानीमा कारोबार हुन थालेको छ । एग्रो मनाङले उत्पादन गरेको स्याउको दशैंको घटस्थापनाबाट व्यवसायीक कारोबार सुरु भएको हो ।
‘हिमालयन फ्रेस’ ब्राण्डको मनाङको स्याउ राजधानीमा जिके एण्ड सन्स एग्रो प्रा.लि.ले बिक्री गर्न लागेको हो । जिकेले मनाङ अर्गानिक स्याउको व्यवसायीक कारोबार सुरु गरेको एक भएको छ । यसले काठमाडौंको सिता पाइलामा ‘कोल्ड स्टोर’ पनि संचालन गरेको छ । मनाङबाट आइपुगेको स्याउ स्टोरमा राखेर मागअनुसार बजारमा पुर्याउने गरिन्छ । जिकेसँग लिएर राजधानीमा भाटभटेनी, बिगमार्टलगायत डिपार्टमेन्ट स्टोरहरुले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् ।
जिके ‘हिमालयन फ्रेस’ स्याउको नेपालकै एकमात्रै आधिकारिक बिक्रेता मानिन्छ। जिकेले एक महिनाको अवधिमा काठमाडौँमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए । उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक एकलाख रपैयाँको स्याउ बिक्री भइरहेको छ भने मागअनुसार घरघरमै पुर्याउने व्यवस्था गरिएको छ ।