आँखा अस्पतालका लागि देउसी, पहिलो दिनमै २५ लाख संकलन

कैलाली । लम्कीमा आँखा अस्पताल निमार्णका लागि आयोजना गरिएको देउसीमा पहिलो दिनमै २५ लाख रकम संकलन भएको छ । अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले स्थापित लियो लायन्स क्लबको देउसीमा पहिलो दिनमै २५ लाख भन्दा बढी रकम जम्मा भएको हो ।

लम्कीचुहा नगरपालिकामा आखाँ अस्पतालको सहयोगार्थ खेलिएको संयुक्त देउसी भैलो कार्यक्रममा जिल्ला समन्वय समितिका तर्फबाट कैलालीका प्रमुख सुर्य बहादुर थापाले २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो ।

लायन्स क्लब÷लियो क्लब अफ कैलाली, लम्कीको आयोजनामा खेलिएको संयुक्त देउसी भैलो कार्यक्रममा जिसस प्रमुख थापाले जिससको बजेटबाट २५ लाख रुपैयाँ लम्कीमा आखाँ अस्पताल निमार्णका लागि दिएको बताउनुभयो ।

संयुक्त देउसी भैलो उद्धघाटन कार्यक्रममा थापाले लम्किमा आखाँ अस्पताल निमार्ण गर्नु आफ्नो पनि सपना रहेको र आखाँ अस्पतालका लागि जिससको बजेट कम देखिए स्रोतको व्यवस्थापन गरिने समेत बताउनुभयो।

थापाले गत बर्ष यही क्लबको देउसी भैलोलाई आखाँ अस्पताल निमार्णका लागि भन्दै  जग्गा पनि उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

फाइल तस्बिर काठमाडाैं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १०…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…