वैदेशिक रोजगारमा गएकाले पारिश्रमिक पाएनन्

काठमाडौं । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीे कामदार श्रम सम्झौता अनुसार पारिश्रमिक नपाएपछि मारमा परेका छन ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको गुनासो सम्बोधन गर्न स्थापना गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ‘कल सेन्टर’ मा धेरै जसोले  श्रम सम्झौता अनुसार पारिश्रमिक नै नपाएको गुनासो गर्ने गरेको पाइएको छ । त्यसैगरी, श्रम सम्झौता अनुसार काम नै पाउनेहरुको पनि गुनासो धेरै आउने गरेको कल सेन्टरकी टिम लिडर निसिता लुईटेलले बताइन् ।

कल सेन्टरमा आएका गुनासोलाई सम्बन्धित निकायमा ‘फरवार्ड’ गरी समाधानका लागि पहल गरिन्छ । सम्बन्धित निकायले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधानका लागि सुझाव दिएपछि पीडित व्यक्तिलाई त्यसबारे आवश्यक सूचना दिने व्यवस्था समेत गरिएको कल सेन्टरले जनाएको छ । नेपाल सरकारले म्यान पावर कम्पनीमार्फत नै वैदेशिक रोजगारमा जानेहरु ठगिएको पाएपछि उनीहरुको समस्या तत्काल समाधान गर्न गुनासो सुनुवाईका लागि कल सेन्टरको स्थापना गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…