उपनिर्वाचनमा अन्तर्घातको शब्दसमेत सुन्न चाहन्न : देउवा

नारायण थापा
भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी उपनिर्वाचनमा अन्तर्घातको शब्द समेत सुन्न नचाहेको बताउनुभएको छ । गुट उपगुटबाट माथि उठेर पार्टी एक हुनु जरुरी रहेको बताउँदै सभापति देउवाले उपनिर्वाचनमाबाट पार्टी एकताको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सभापति देउवाले आगामी उपनिर्वाचन मिनी जनमत संग्रह भएको भन्दै जनमत कांग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन सक्नुपर्नेमा जोड दिनुभएको छ । मुलुकमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निरंकुश बन्दै गएको उल्लेख गर्दै  देउवाले सरकारले संविधानलाई मिचेर जनताका हक अधिकार कुण्ठित गर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य छ, सरकारको कार्यशैलीका कारण मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको छ ।’

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले सोमबार दुधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भन्नुभयो, ‘जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, कर र मुल्य बृद्धि गरेको तथा भ्रष्टाचारमा मुछिएर जनतालाई मारमा  पारेको छ ।’

नेकपा नेतृत्वको सरकारको शैली बिरुद्ध जनताले जवाफ दिने बेला आएको भन्दै देउवाले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउनुभएको हाे । आसन्न उपनिर्वाचनमा जित कांग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा देउवाले जोड छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…