कुखुरा खोरबाट ७ जुवाडे पक्राउ

सुखिलाल चौधरी
उदयपुर । कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नगरपालिका स्थित डिल्लीशेर राईको कुखुरा खोरमा तास खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका कालिखोला बस्ने ४५ वर्षिय जुहाडे राउत, ३४ वर्षिय पेसल राउत, ३९ वर्षिय डिक बहादुर कार्की, ४५ वर्षिय गजेन्द्र राई, ४७ वर्षिय डिल्लीशेर राई, २५ वर्षिय दिनेश बुढाथोकी र २३ वर्षिय सरोज थापा रहेका छन् । उनीहरुको साथबाट २ बुक तास र नगद नौ हजार ५ सय ८५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने भएको छ ।

यस अघि असोज २६ गते कोजाग्रात पूर्णिमाको दिन उदयपुर सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको घरबाट नेपाली काँग्रेस उदयपुरका क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ परेका थिए ।

त्यस्तै, असोज २८ गते चौदण्डीगढी नगरपालिका -६ बगरकोटबाट ५ जना तास खेलाडी पक्राउ परेका थिए भने कात्तिक ३ गते राति त्रियुगा नगरपालिका ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…