‘पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सर्किट’

प्रमोदकुमार साह
जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश २ मा सांस्कृति सर्किटको योजना अनुसार अघि बढ्नु पर्ने बताउनुभएको छ ।

जनकपुरधाममा बुधबार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्न सांस्कृतिक सर्किटको योजना अघि सार्नु भएको हो ।

विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सांस्कृतिक सर्किटको रुपमा जोड्नु आवश्यक रहेको मन्त्री भट्टराईको भनाइ छ । ‘विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउने पर्यटक यहाँको भ्रमण गरेर पुनः फर्किन नपरोस्’, भट्टराईल भन्नुभयो, ‘यसका लागि विशेष तयारी गरेर पर्यटकलाई आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नु आवश्यक छ ।’ छिन्नमस्ता, गढीमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नका लागि पर्यटकलाई उपयुक्त वातावरण बनाउनु पर्ने भट्टराईको भनाइ छ । मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणधिन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २्३ महिनामा पुरा भएर सञ्चालनमा आउने बताउनुभो ।

त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकाले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…