राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं । भारतमा आयोजना हुने अन्डर १९ च्यालेन्जर्स सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

नेपालले बुधबार रित गौतमको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले सिरिजका लागि टिमको नाम नेपाल ‘ए’ राखेको छ । यस्तै नेपालले सिरिजका लागि चार वैकल्पिक खेलाडी समेत छनोट गरेको छ । भारतको हैदरावादमा हुने अन्डर १९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ ।

सिरिजमा भारतको तीन टिम रहने छ । जसलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिईएको छ । नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत ‘एल्लो’ सँग खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले नोभेम्बर १३ मा भारत ‘रेड’ र अन्तिम खेलमा नेपालले भारत ‘ब्लु’ सँग नोभेम्बर १५ मा खेल्नेछ । लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…