कांग्रेस पदाधिकारी बैठक बस्दै

फाइल फाेटाे

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसले बिहीबार (आज) बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहबाट सिफारिस गरेर पठाएका नाममा अन्तिम टुङ्गो लगाउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहित पदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेछ ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । यस अघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

मंसिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…