साँखुमा बस दुर्घटनाः तीनको मृत्यु, ५८ घाइते

काठमाडौं । साँखुको जरसिंह पौवामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको ह्योल्मो यातायातको बस जरसिंह पौवाको जंगलमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५८ यात्रु घाइते भएका छन् । घाइते मध्ये २७ जनाकाे सुष्मा मेमाेरियल नर्सिङ कलेजमा उपचार भइरहेकाे छ ।

२६ जनाकाे साँखु स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ । ५  जनालाई उपचारका लागि जाेरपाटी पठाइएकाे प्रहरीले जनाएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।