राष्ट्रसंघ आर्थिक संकटमा

काठमाडौं । राजधानीबाट आज प्रकाशित विभिन्न पत्रपत्रिकाले प्रधामन्त्री अस्पतालबाट डिस्चार्ज हुनुभएको समाचार सहित अन्य फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

बिहीबार जनता समाचार डटकम मा पक्राउको २६ दिनपछि महराविरुद्ध मुद्दा दर्ता, पूर्व प्रधानमन्त्री नेपाल अस्वस्थ, ‘भाइटीका लगाउँछु भन्थ्यो, जबर्जस्ती गर्‍यो’, कपिलवस्तुमा बासिन्दाबीच  झडप, एकको मृत्यु अनिश्चितकालीन कर्फ्यू, मोटरसाइकल दुर्घटना, एकको मृत्यु र नेपाली क्रिकेटको कप्तानी ज्ञानेन्द्रको काँधमा लगायतका समाचार प्रकाशन गरिए ।

अन्नपूर्ण पोष्ट दैनिकले संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको समाचारलाई शीर्ष समाचार बनाएको छ समाचार अनुसार राष्ट्रसंघ कर्मचारीलाई तलब खुवाउनै समस्या भएको देखिएको छ । आर्थिक संकटमा परेपछि राष्ट्रसंघ मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्र पठाएको छ । राष्ट्रसंघले हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित महासचिव एन्टोनियो गुटरेसले कर्मचारीहरुलाई पत्राचार गरेको समाचारमा लेखिएको छ ।

राष्ट्रसंघ संसारका एक सय ९३ मुलुकको साझा संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएको, अमेरिकासहित ५९ राष्ट्रले शुल्क नबुझाएको र ती राष्ट्रहरुलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएकोसमेत अन्नपूर्णमा समाचार छ ।

कान्तिपुर दैनिकमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको समाचार छापिएको छ ।

कारोबार दैनिकमा सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको शीर्ष समाचार छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेरै राज्यलाई करोडौं भार पर्ने गरी पहिलोपटक यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।