तपाईंको यो साता (कात्तिक १७ देखि २३ गतेसम्मको राशिफल )

मेष– सामाजिक पहिचान स्थापित हुनेछ । आरम्भ गरेको काममा सफलता मिल्ने तथा आर्थिक क्षेत्र प्रबल रहनेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुने एवम सवारी साधनको सुख मिल्नेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवं यात्रामा सामान्य झमेला आउनेछ । दाजुभाइबाट राम्रो समयोग मिल्नाले पारीवारिक काम अगाडि बढ्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवं काममा व्ययभार थपिनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ ।

वृष– धार्मिक कार्यमा रुचि जानेछ । पुराना अधुरा कार्य आरम्भ हुने एवं भाग्यले साथ दिनेछ । राजनीतिक क्षेत्रमा पहुँच बढ्ने एवं कार्यभारको अवसर मिल्नेछ । आफन्तबाट आर्थिक सहयोग मिल्ने एवं कृषि पशु व्यावसायबाट आम्दानी राम्रो हुनेछ । बोलीको कारणले विवाद बढ्ने एवं पेटसम्बन्धी समस्या आउन सक्नेछ । सन्तानको स्वास्थ्यमा सामान्य बदली हुने देखिन्छ ।

मिथुन– साताको शुरुमा काममा बाधा आइपर्ने एवं योजनामा खर्च बढ्नेछ । स्वास्थ्यले धोका दिने एवं मानसम्मानमा आघात पुग्नेछ । साताको मध्यमा भने धार्मिक काममा व्यस्तता बढ्ने एवं सामाजिक कार्यमा लागत बढ्ने एवं समय व्यतित हुनेछ । प्रेममा बाधा आउने एवं जीवनसाथीसँग सामान्य भनाभन पर्नेछ । जग्गा जमिन एवं
धनसम्पत्तिमा घरायसी विवाद देखिन्छ ।

कर्कट– व्यवसायिक यात्रा हुनेछ । पारीवारिक भेटघाट एवं आफन्तसँग मनोरञ्जनमा दिन बित्नेछ । साताको मध्यमा भने
व्यवसायमा घाटा हुने एवं स्वास्थ्यले दुःख दिनेछ । मनोरञ्जनमा भने खर्च हुने, कला÷संगीतमा रुचि जानेछ । गोडा, घुँडाको समस्या एवं यात्रामा कठिनाइ हुनेछ ।

सिंह– प्रतिस्पर्धामा दिन बित्नेछ । आपसी विवाद टुंगिने एवं मुद्दामामिलामा जित हुनेछ । साझेदारीमा फाइदा मिल्ने एवं
साथीभाइसँग नयाँ योजना शुरु हुनेछ । भोजनमा भने गडबडी एवं धनमा विवाद आउनेछ । दाजुभाइबाट भने सहयोग मिल्ने एवं छोटो यात्रा हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या देखापर्ने एवं सञ्चित धन खर्च हुनेछ ।

कन्या– विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवं व्यावसायबाट सन्तुष्टि मिल्नेछ । विरोधी पक्षसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । स्वास्थ्यमा भने राम्रो सुधार हुने एवं मातृपक्षबाट सहयोग मिल्नेछ । चिसोले भने सताउने एवं प्रेममा भने प्रगति देखिन्छ । वैवाहिक कुरा चल्ने एवम वैदेशिक क्षेत्रमा फाइदा मिल्नेछ । यात्राको योग बन्नेछ ।

तुला– घरायसी विवाद आउनेछ । परिवारसँग कुरा नमिल्दा चिन्ताले बाधा गर्नेछ । साताको मध्यमा भने विद्याध्ययनमा प्रगति एवं सन्तानको सहयोग मिल्नेछ । काममा आर्थिक लाभ मिल्नाले पुरानो कारोबार सल्टिनेछ । टाउकोको समस्या बल्झिने एवं स्वास्थ्यमा खर्च हुनेछ । बोली बचनले भने साथ दिने एवं प्रेम सुख मिल्नेछ ।
वैदेशिक कामबाट राम्रै फाइदा हुनेछ ।

वृश्चिक– छोटो यात्रा गर्नुपर्नेछ । दाजुभाइको सहयोग मिल्नाले काममा सफलता प्राप्ति देखिन्छ । साताको मध्यमा भने वादविवाद पर्न सक्ने एवं महिला वर्गसँग सम्बन्ध चिसो बढ्नेछ । स्वास्थ्यले पनि धोका दिने एवं यात्रामा खर्च हुनेछ । मनोरञ्जन एवं कला क्षेत्रमा भने रुचि जानेछ । भोजनमा गडबडी एवं बोलीको कारणले शत्रुता
बढ्नेछ ।

धनु– धनसम्पत्तिको कारोबार बढ्नेछ । मित्रको सहयोग मिल्ने एवं नयाँ सम्बन्ध अगाडि बढ्नेछ । दिदीबहिनीको सहयोग मिल्नाले काममा सहजता देखिन्छ । व्यक्तिगत काममा भने अलमल हुने एवं फाइदा अरुलाई जानेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवं काममा ढिलासुस्ती हुनेछ । साताको अन्त्यमा सोचेको अनुसार सफलता कम मिल्नेछ ।

मकर– मानसिक चिन्ता थपिनेछ । चिसोको समस्या एवं शुरु गरेको काम बीचमा रोकिनेछ । अरुको सहयोगको आशमा समय व्यतित हुनेछ । साताको मध्यमा भने धनको सुख मिल्ने, आफन्तबाट सहयोग आउने एवं भोजभतेरमा सहभागिता मिल्नेछ । राजनीति क्षेत्रमा पहुँच बढ्ने एवम लत्ता, कपडाबाट राम्रो आम्दानी हुनेछ । ज्येष्ठ सदस्यलाई स्वास्थ्य बाधा पर्नेछ । यात्रामा बढी खर्च हुने एवं गोडा, घुँडाको समस्या आउनेछ ।

कुम्भ– साताको शुरुमा खर्च बढी देखिनेछ । यात्रामा समस्या एवं सरसामान हराउन सक्नेछ । मातृपक्षको स्वास्थ्यमा समस्या एवं मनोबल घटेर जानेछ । साताको मध्यमा भने स्वास्थ्यमा सुधार आउने एवं काममा फाइदा देखिनेछ । पेटको समस्या एवं पाचन शक्तिमा गडबडी हुनेछ । सन्तानको कारणले चिन्ता थपिने एवं धनको कारोबारमा विवाद बढ्नेछ । साताको अन्त्यमा भने व्यापार व्यवसाय फस्टाउने एवं सम्पत्तिको सुख मिल्नेछ ।

मीन– राजनीतिक लाभ मिल्नेछ । ठूलाबडाले साथ दिनाले अन्तिम अवस्थामा काम बन्नेछ । कृषि एवं होटल व्यवसायमा राम्रो आम्दानी हुनेछ । साताको मध्यमा भने खर्च बढ्नाले केही समय तनाव हुनेछ । सरसामान हराउन एवम चोरी हुन सक्नेछ । स्वास्थ्यमा गडबडी हुनाले अरुको भर पर्नुपर्नेछ । प्रेममा बाधा एवं परिवारसँग वैमनस्यता हुनेछ । पितृपक्षको स्वास्थ्यमा समस्या एवं जग्गा जमिनको विवाद हुनेछ । काममा अपजस आउने एवं मानप्रतिष्ठा घट्न सक्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…