तपाईं के काे शेयर धनी ? बाँडिदैछ ८१ करोड बोनस

काठमाडौं । सनराइज बैंकले ८१ करोड ५२ लाख भन्दा बढीको बोनस सेयर वितरण गर्ने भएको छ ।
सनराइज बैंकको शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । संचालक समितिका अध्यक्ष मोतीलाल दुगड रहेको बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी छ ।
२०६४ साल असोज २५ गते स्थापना भएको सनराइज बैंकको अहिलेसम्म १ सय २२ शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउन्टर, १ सय ४३ एटीएम सेवा संचालनमा छन् ।