कांग्रेस मुख्यालयमा नाराबाजी, देउवालाई बाटो छेकियो

बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयमा शुक्रबार नाराबाजी भएको छ । कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वलाई विधान नमिच्न चेतावनी दिँदै नाराबाजी गरेका हुन् ।

कांग्रेसले उपनिर्वाचनको उम्मेदवार, पार्टीको १४औँ महाधिवेशन र भातृ संगठनको नेतृत्वबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बैठकमा सहभागी हुन पार्टी मुख्यालय जानुभएका सभापति शेरबहादुर देउवालाई समेत बाटो छेकेका छन् । विद्यार्थीले सभापति देउवालाई केहीबेर अवरोध गरेका हुन् ।

बैठक शुरु
दिउँसो १ बजे हुने भनिएको बैठक भर्खरै शुरू भएकाे छ ।  विद्यार्थीको नाराजुलुश र अवरोधका कारण बैठक ताेकिएकाे समय भन्दा ढिलाे शुरू भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…