Logo माघ १२, २०७७ सोमबार


दुर्घटनामा १० को मृत्यु, पाँच पैदलयात्री

फाइल तस्बिर

चितवन । दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा दशजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना पैदलयात्री रहेका छन् ।

असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म ३५ दुर्घटनामा दशजनाको मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा १ सय ६ जना घाइते भएका थिए, जसमा २५ जना गम्भीर घाइते र ८१ जना सामान्य घाइते भएकाे प्रहरीको भनाइ छ ।

बस दुर्घटनामा एकजना, मोटरसाइकल दुर्घटनामा तीनजना र साइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो । अन्य पाँचजना पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिदा मृत्यु भएको प्रहरीको भनाइ छ । पैदल यात्रीको लावरवाही तथा तीव्र गतिमा सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।

पैदल यात्री तथा सवारी चालकको लावरवाहीका कारण बढ्दो दुर्घटनालाई ध्यान दिएर ट्राफिक सवारी चालक र पैदल यात्रीका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…

काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयका कारण राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा भने विभाजित हुने प्रक्रिया…

काठमाडौं । आइतवार जनतासमाचार डट्कम मा भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग, नेकपाको साबिककै विवरण कायम राख्ने निर्वाचन आयोगको…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

राजनीतिक लाभ पाइनेछ । व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ ।